काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ देखि जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो । ‘लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ,’ एक मन्त्रीले भने ।
उनकाअनुसार काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे भोलि सरकारले विस्तृत जानकारी दिने उनले सुनाए ।
कोरोना भाइरस (कोभिड -१९) को दोस्रो केेस भेटिएपछि सरकारले चैत ११ बाट लकडाउन गरेको थियो । पछिल्लो समय संक्रमितको संख्या पनि बढ्दो छ । तर साढे दुई महिना लामो लकडाउन गरेको सरकारले खुकुलो बनाउने योजना नल्याएको भन्दै व्यवसायीहरुले स्वस्फुर्त पसल समेत खुल्न थालेका छन् । लकडाउन खुकुलो बनाउन सीसीएमसीले ६ चरणको लुजडाउन प्रस्ताव पनि बनाएको थियो ।
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित