काठमाडौँ । नेपालमा कोभिड–१९ बाट आज एक जनाको मृत्यु भएको छ ।
भरतपुरस्थित अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मृत्यु हुने भरतपुर महानगरपालिका–११ का ती व्यक्ति ज्वरो, निमोनिया, मधुमेह रोगबाट ग्रसित रहेका थिए ।
उनको भरतपुर प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो ।
उनीसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
यसैगरी, आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३२३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा डा जागेश्वर गौतमले बताए । सङ्क्रमित देखिएका पुरुष २९२ जना र महिला ३१ जना रहेका छन् ।
योसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ८५ पुगेको छ । तीमध्ये पुरुष तीन हजार ७९८ र महिला २८७ जना रहेका छन् । उहाँका अनुसार सङ्क्रमित जिल्ला ७२ पुगेको छ । आज इलाममा सङ्क्रमित भेटिएको हो ।
यस्तै, कोरोना ९६ जना कोरोनामुक्त भई एकैपटक डिस्चार्ज भएका छन् । तीमध्ये ८८ पुरुष र आठ जना महिला रहेका छन् । हालसम्म ८८४ जना डिस्चार्ज भएका छन् । जनकपुर कोभिड अस्पतालमा धनुषाका ३० जना डिस्चार्ज भएका छन् । तीमध्ये २४ जना पुरुष र छ जना महिला रहेका छन् । यस्तै सशस्त्र प्रहरीको काठमाडौँ वलम्बुस्थित कोभिड अस्पतालबाट एक जना महिला डिस्चार्ज हुनुभएको छ । यस्तै बाँकेको कोहलपुरस्थित आइसोलेशनबाट २२ जना पुरुष र राप्ती सोनारीबाट सात जना पुरुष डिस्चार्ज भएका छन् । ती सबै बाँकेका हुन् । यसैगरी दाङस्थित कोभिड विशेष अस्पतालबाट कोभिड–१९ अस्पतालबाट बर्दियाका चार जना, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापा २८ जना पुरुष र दैलेख जिल्ला अस्पतालबाट एक जना महिला डिस्चार्ज भएका छन् ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त