काठमाडौँ । नेपालमा कोभिड–१९ बाट आज एक जनाको मृत्यु भएको छ ।
भरतपुरस्थित अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मृत्यु हुने भरतपुर महानगरपालिका–११ का ती व्यक्ति ज्वरो, निमोनिया, मधुमेह रोगबाट ग्रसित रहेका थिए ।
उनको भरतपुर प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो ।
उनीसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
यसैगरी, आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३२३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा डा जागेश्वर गौतमले बताए । सङ्क्रमित देखिएका पुरुष २९२ जना र महिला ३१ जना रहेका छन् ।
योसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ८५ पुगेको छ । तीमध्ये पुरुष तीन हजार ७९८ र महिला २८७ जना रहेका छन् । उहाँका अनुसार सङ्क्रमित जिल्ला ७२ पुगेको छ । आज इलाममा सङ्क्रमित भेटिएको हो ।
यस्तै, कोरोना ९६ जना कोरोनामुक्त भई एकैपटक डिस्चार्ज भएका छन् । तीमध्ये ८८ पुरुष र आठ जना महिला रहेका छन् । हालसम्म ८८४ जना डिस्चार्ज भएका छन् । जनकपुर कोभिड अस्पतालमा धनुषाका ३० जना डिस्चार्ज भएका छन् । तीमध्ये २४ जना पुरुष र छ जना महिला रहेका छन् । यस्तै सशस्त्र प्रहरीको काठमाडौँ वलम्बुस्थित कोभिड अस्पतालबाट एक जना महिला डिस्चार्ज हुनुभएको छ । यस्तै बाँकेको कोहलपुरस्थित आइसोलेशनबाट २२ जना पुरुष र राप्ती सोनारीबाट सात जना पुरुष डिस्चार्ज भएका छन् । ती सबै बाँकेका हुन् । यसैगरी दाङस्थित कोभिड विशेष अस्पतालबाट कोभिड–१९ अस्पतालबाट बर्दियाका चार जना, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापा २८ जना पुरुष र दैलेख जिल्ला अस्पतालबाट एक जना महिला डिस्चार्ज भएका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने