काठमाडौं । कोरोनाको महामारीको कारण गैरआवासीय नेपाली संघको लाप्राक नमुना बस्ती परियोजनाको कार्य स्थानीय बेरोजगार युवा तथा लाभग्राहीहरुलाई रोजगारी प्रदान गर्दै साढे दुई महिना पछि पुनः आइतबारदेखि सुरु भएको छ।
स्थानीय युवा तथा लाभग्राहीहरु कोरोनाको असरले बेरोजगार भई गाउँमै बस्न बाध्य भएको बेला एनआरएनए उपाध्यक्ष तथा लाप्राक नमुना बस्ति परियोजनाक संयोजक सोनाम लामाको नेतृत्वमा गएको टोलीले धार्चे गाउँपालिकाको अध्यक्ष सन्तोष गुरुङ र धार्चे गाउपालिका वडा नं ४ अध्यक्ष राज गुरुङसंग तथा लाभग्राहीहरुसंग छलफल गरी लाप्राक नमुना बस्तिको निर्माण कार्य संचालनमा स्थानीयलाई रोजगारी प्रदान गर्ने गरी २३ जेष्ठ २०७७ मा बसेको बैठकले काम सुचारु गर्ने निर्णय गरेको हो ।
उक्त टोलीमा संघको कार्यकारी निर्देशक राजेश राणा र पूर्व परियोजना व्यवस्थापन समिति सदस्य श्याम तामाङ तथा धार्चे गाउँपालिका वडा नं ४ को बुद्धिजीवी तथा अत्याधिक लाभग्राहीहरुको उपस्थिति रहेको थियो । सोही क्रममा लाप्राक स्वास्थ्य चौकीलाई कोभिड १९ रोकथामको लागि आवश्यक केही स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गरियो । जसमा मौसम प्रतिकुल भएको कारणले धार्चे गाउँपालिकाको नेतृत्वमा परियोजनालाई ३ महिना भित्र सक्ने सहमति गाउँपालिकासँग गरिएको छ । त्यस्तै, काठको तला थप्नको लागि गाउँपालिकाको नेतृत्वमा लाभग्राहीहरूले आफै काठको व्यवस्थापन गरि निर्माण कार्य गर्ने र उनीहरुको ज्याला बराबरको रकम गाउँपालिकाको खातामा गैरआवासीय नेपाली संघले जम्मा गरिदिने सहमति गरिएको छ । बैठकमा शौचालय निर्माणको बाँकी कार्य तथा घरमा विद्युत जडान गर्ने कार्य गाउँपालिकाको नेतृत्वमा तालिमप्राप्त लाभाग्राहीहरुले गर्ने र सो काममा लाग्ने सामग्री तथा ज्याला बराबरको रकम एनआरएनएले उपलब्ध गराउने सहमति गरिएको छ ।
लाप्राक नमुना बस्तीमा राष्ट्रिय प्रशारण लाईनको विद्युत आपूर्ति गर्न गाउँपालिका तथा गैरआवासीय नेपाली संघले संयुक्त रुपमा पहल गर्ने निर्णय गरिएको छ ।बैठकले लाप्राक नमुना बस्ति परियोजनामा पूर्वाधार विकासको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्राप्त हुने सहयोगको लागि गाउँपालिका तथा गैरआवासीय नेपाली संघले संयुक्त रुपमा पहल गर्ने निर्णय गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते