काडमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) ले बिश्वभरका कोभिड-१९ संक्रमणबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली बिद्यार्थीहरुको तथ्यांक संकलन कार्य सुरु गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको आईसीसी बैठकले उक्त निर्णय गरेको हो।
यस कार्यको पहिलो चरणमा नेपाली बिद्यार्थीहरु जाने गन्तब्य मुलुकहरुमा प्रारम्भिक सर्वेक्षण गर्ने योजना रहेको संघका उपाध्यक्ष मन केसीले जानकारी दिए । उनकाअनुसार उक्त सर्वेक्षण संघका एनसीसीहरु मार्फत गरिने योजना रहेको छ।
सर्वेक्षणमा कसैले पनि आफ्नो व्यक्तिगत विवरण दिनुपर्ने नभई बस्तुस्थिको जानकारी मात्र भर्नु पर्नेछ । तीन मिनटमा सकिने यो विश्वव्यापी सर्वेक्षण सक्दो मात्रामा बढी भन्दा बढी कोरोना प्रभावित बिद्यार्थीहरुले भाग लिए पछि अर्काे चरणको योजनालाई सघाउ पुग्नेछ।
यस सर्वेक्षणबाट प्राप्त विवरण, संघका राष्ट्रिय समन्वय परिषदहरुबाट प्राप्त सूचना र सुझाब संकलन, सम्बन्धित राजदुताबास एवं बाणिज्यदुतहरुका कार्यालय, ब्यबसायिक प्रतिनिधिमुलक संस्थाहरुसंगको समेत समन्वयका आधारमा चरणबद्ध रुपमा रिपोर्ट नेपाल सरकार एवं सरोकारवाला निकायहरुलाई वितरण गरिने योजना रहेको कार्यदलका संयोजक केसी ले जानकारी दिए ।
विदेशमा बिद्यार्थी भिसामा रहेर संसारभरी अध्ययन गरि रहेका बिद्यार्थीहरुलाई तलको लिंकमा गएर यो छोटो सर्भे सम्पन्न गर्न गराउन समेत संघले आब्हान गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते