उनी एक नर्स तर दलित
गाउँघरको असमान व्यबहार
ज्याला मजदुर कि छोरी
सरकारी स्कुलको पढाई
गाउबाट शहरको यात्रा
घर पाउन कठिन, महँगो बसाई
थिएन सजिलो नर्स बन्नलाई
तैपनि परिश्रम र लगन लगाई
सेवामा खटाउन तयार भइन्।
बिरामीको उच्च चाप
सघन उपचार कक्ष
उच्च जातका बिरामी
छुनु कि नछुनु
प्रश्न आउँछ मस्तिकमा,
न बिरामी, छुन्न भन्न सक्छिन्
न त टुलुटुलु हेरी बस्न नै
न त पेशाले दिन्छ न त मानवताले नै,
अन्तिम बोली सुन्ने,
अन्तिम सास देख्ने
अन्तिम पानी पिलाउने
उनै हुन सक्छिन्
त्यति मात्र कहाँ हो
कहिलेकाहीँ,
अन्तिम वस्त्र ओडाउने
उनै हुन पुग्छिन्।।
सपथ खाएका हुन्छिन्
पढाइको सुरुमा नै
धनी,गरिब, ठूलो,सानो र जात जाति
छुट्टाउने छैन भनी
फेरि किन आउँछ घरि घरि
जातको किचलो
धनीको ध्वाँस्, ठूलाको शान
भन्छिन् म कसरी राखौँ सबैको मान ।।
कस्ले बनायो जात भन्ने,
कस्ले गर्यो खण्ड खण्ड
बग्छ उस्तै रगत सबमा,
फरक छैन शारिरीक बनोटमा
हुन्छ उस्तै दिमाग,
हुन्छन बुध्दिजीवी
रहेका छन् सँस्कारमा,
पढिलेखी, अध्ययन गरी
पुगेका छन् उच्च स्तरमा।।
चन्द्र, सूर्य, आकाश, धर्ती,
समुन्द्र, नदी, हिमाल अछुत छैन
माटो र पानीमा सीमा छैन
मरुभूमिको बालुवा छुइँदैन।।
धान चामल केही बारिँदैन
किन मान्छेले मान्छे बारेका छन्
किन जातियताको हङ्गामा मच्चाएका छन्
संसार निकै अगाडि बढिरहेको छ
किन नेपालीहरु अझै
जातिय छुवाछूतको गीत गाइरहेका छन् ।।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु