शुक्रबार, असार १९ २०७७ | Fri, July 03, 2020
नेपालको समय: ०२:१८ | UK Time: 21:33

जातीय विभेदमा दलित नर्सको मनोभाव

कविता

तारा पौडेल
२०७७ जेठ २३ गते १९:०१

उनी एक नर्स तर दलित
गाउँघरको असमान व्यबहार
ज्याला मजदुर कि छोरी
सरकारी स्कुलको पढाई
गाउबाट शहरको यात्रा
घर पाउन कठिन, महँगो बसाई
थिएन सजिलो नर्स बन्नलाई
तैपनि परिश्रम र लगन लगाई
सेवामा खटाउन तयार भइन्।

बिरामीको उच्च चाप
सघन उपचार कक्ष
उच्च जातका बिरामी
छुनु कि नछुनु
प्रश्न आउँछ मस्तिकमा,
न बिरामी, छुन्न भन्न सक्छिन्
न त टुलुटुलु हेरी बस्न नै
न त पेशाले दिन्छ न त मानवताले नै,
अन्तिम बोली सुन्ने,
अन्तिम सास देख्ने
अन्तिम पानी पिलाउने
उनै हुन सक्छिन्
त्यति मात्र कहाँ हो
कहिलेकाहीँ,
अन्तिम वस्त्र ओडाउने
उनै हुन पुग्छिन्।।

सपथ खाएका हुन्छिन्
पढाइको सुरुमा नै
धनी,गरिब, ठूलो,सानो र जात जाति
छुट्टाउने छैन भनी
फेरि किन आउँछ घरि घरि
जातको किचलो
धनीको ध्वाँस्, ठूलाको शान
भन्छिन् म कसरी राखौँ सबैको मान ।।

कस्ले बनायो जात भन्ने,
कस्ले गर्यो खण्ड खण्ड
बग्छ उस्तै रगत सबमा,
फरक छैन शारिरीक बनोटमा
हुन्छ उस्तै दिमाग,
हुन्छन बुध्दिजीवी
रहेका छन् सँस्कारमा,
पढिलेखी, अध्ययन गरी
पुगेका छन् उच्च स्तरमा।।

चन्द्र, सूर्य, आकाश, धर्ती,
समुन्द्र, नदी, हिमाल अछुत छैन
माटो र पानीमा सीमा छैन
मरुभूमिको बालुवा छुइँदैन।।

धान चामल केही बारिँदैन
किन मान्छेले मान्छे बारेका छन्
किन जातियताको हङ्गामा मच्चाएका छन्
स‌ंसार निकै अगाडि बढिरहेको छ
किन नेपालीहरु अझै
जातिय छुवाछूतको गीत गाइरहेका छन् ।।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक