लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले कोरोनाका कारण बेलायतमा निधन भएका ६७ जना नेपाली मध्ये ६ जनाका परिवारलाई मात्र आर्थिक सहयोग गरेको छ । कोरानाकै कारण निधन भएका अन्य ६१ जनाका परिवार बारेमा आर्थिक प्रतिवेदनमा केही उल्लेख गरिएको छैन । स्रोतका अनुसार व्यक्तिगत पहुचका आधारमा विना मापदण्ड ६ जना मृतकको परिवारलाई ३३ सय पाउण्ड बाडिएको हो ।कोरोना प्रभावित बेलायतस्थित नेपालीहरुलाई सहयोग गर्नको लागि सहयोग संकलन शुरु गरेपश्चातको आय व्यय सार्वजनिक बिहीबार सार्वजनिक गरिएको हो ।
कोषाध्यक्ष तेजेन्द्र रोका मगरले कोरोना सहयोग अभियान अन्तर्गत ९ हजार १ सय ४० पाउण्ड कोभिड-१९ का बिभिन्न शिर्षकमा खर्च भैसकेको छ । बिहीबारसम्म एनआरएन यूकेको खातामा १० हजार १ सय २४ पाउण्ड मौज्दात रहेको छ । एनआरएनए यूकेको खातामा १९ हजार २ सय ६४ पाउण्ड जम्मा भएको थियो । रोकाका अनुसार यूके विश्वविद्यालयमा अध्ययनरत ७७ जना नेपाली विध्यार्थीहरुलाई खाद्यान्न लगायतको सहयोगमा जम्मा २५ सय ८० पाउण्ड खर्च भएको छ । यसैगरी, मास्क खरिदमा १ हजार ४ सय २० पाउण्ड खर्च भएको छ । स्यानीटाईजर र सिटामोलमा ३ सय २५ पाउण्ड खर्च भएको छ । एनआरएनए आईसीसी मार्फत नेपाल सरकारको कोषमा जाने रकम अन्तर्गत १५ सय ६१ पाउण्ड रकमान्तरण गरिएको छ ।
यसैगरी, एनआरएनए यूकेको कोभिड-१९ सहयोग कोषमा अहिलेसम्म बेलायतका ३१ वटा नेपाली संघ संस्थाहरुले सहयोग पुर्याएका छन । संघ संस्थाहरुसंग सहयोग लगायतको समन्वय अध्यक्ष पुनम गुरुङले गरेकी छिन । त्यस्तै, व्यक्तिगत तवरबाट झन्डै २ सय व्यक्तिहरुले एनआरएनए यूके कोषमा सहयोग गरेका छन । एनआरएनए यूकेको तर्फबाट सहयोग संकलनको संयोजन इंगल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठले गरिरहेका छन । संयोजक श्रेष्ठका अनुसार प्रतिवद्धताको हिसावले अहिलेसम्म २१ हजार पाउण्ड भन्दा बढीको प्रतिवद्धता प्राप्त भईसकेको छ । कोभिड-१९ को सहयोग संकलन र वितरण कार्यलाई प्रभावकारी र पारदर्शी बनाउन एनआरएनए यूकेले कोष संचालन सम्बन्धि नियमावली यस अघिनै जारी गरेर सोही अनुरुप कार्यसम्पादन गर्दै आईरहेको छ ।
एनआरएन यूकेले सचिवस्तरीय हेल्प लाईनको साथै विभिन्न विभागहरुको गठन गरेर उपाध्यक्ष तथा अन्य पदाधिकारीहरुको संयोजनमा सहयोग तथा परामर्श जस्ता कार्यहरु संचालन गर्दै आएको छ । एनआरएनए यूकेले आर्थिक पारदर्शितालाई मध्यनजर गरेर आम समुदायमा आम्दानी खर्चका विवरण स्पष्ट रुपमा वेबसाइटमा समेत राख्ने तयारी रहेको कोषाध्यक्ष तेजेन्द्र रोका मगरले जनाएका छन । एनआरएन यूकेले संचालन गर्ने कोरोना सम्बन्धि सबै गतिविधीहरुलाई केन्द्रिकृत तहबाट अवलोकन, मुल्यांकन र दिशानिर्देश गर्ने गरी अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र कोभिड संयोजक सुनिल शाह सम्मिलित स्टेरिंग समितीको मातहतमा रहेर कार्यसम्पादन हुदै आएको छ ।
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन