कोरोनाबाट विश्वभरमा ३ लाख ८८ हजारको गयो ज्यान

corona

कोरोना भाइरसबाट विश्वभर ३ लाख ८८ हजार ४१ को मृत्यु भएको छ भने ६५ लाख ७३ हजार ५६८ संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यस रोग लागेका ३१ लाख ७० हजार ५३२ जना निको भएका छन् । हाल विश्वभर ३० लाख १४ हजार ९९४ संक्रमितहरु उपचाररत छन् ।

जसमध्ये ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ । डब्ल्यूएचओका अनुसार अमेरिकामा मात्र १९ लाख एक हजार ७८३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १ लाख नाै हजार १४२ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा ९ लाख ८६ हजार ९५३ जना कोरोना भाइरस सङ्क्रमित छन् भने ४४ हजार ३१९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ५१ हजार ९३८ जना सङ्क्रमित रहेकामा १ लाख २९ हजार ९६३ जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख २८ हजार २४१ जना कोरोना भाइरस सङ्क्रमित छन् भने १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ । एसियामा १२ लाख ३१ हजार ८५२ जना कोरोना  सङ्क्रमित छन् भने ३२ हजार ५४७ जनाको मृत्यु भएको छ ।
यसैगरी अफ्रिकामा १ लाख ६४ हजार ९८५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ४ हजार ६२७ जनाको मृत्यु भएको छ । भारइसबाट सबैभन्दा कम प्रभावित ओसियानामा ८ हजार ८५० जनामा कोरोना भाइरस सङ्क्रमण रहेकोमा १२४ जनाको मात्र मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री