एनआरएनए यूकेको चित्रकला प्रतियोगिताको समय १० दिन थप

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको बाल चित्रकला प्रतियोगिताको समयावधि १० दिन थप गरेको छ । लकडाउनका बेला घरमै बसेका बालबालिकाहरुलाई चित्रकलाका माध्यमबाट जोडन एनआरएनए यूकेले आयोजना गरेको चित्रकला प्रतियोगिताको समयावधि थप गरिएको उपाध्यक्ष नारायण कंडेलले बताएका हुन । ‘केही अभिभावकले समय थपिदिन आग्रह गरेपछि १० दिन बढाइएको छ’ एनआरएनए उपाध्यक्ष कंडेलले भने ।
आगामी १० जुन भित्र नेपालको झण्डासहितको एक चित्र र आफूलाई मन परेको अर्काे चित्र गरी २ चित्र अनिवार्य पठाउन अनुरोध गरिएको उपाध्यक्ष कंडेलले बताए । उनकाअनुसार पासपोर्ट साइजको फोटो, दुई चित्र, अध्ययनरत कक्षा र विद्यालयको नाम तथा ठेगाना अनिवार्य पठाउनु पर्नेछ । सहभागीले आफू बसिरहेको ठेगानासमेत पठाउनु पर्नेछ ।

चित्रकला प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको व्यवस्था समेत गरिएको उपाध्यक्ष कंडेलले बताए । उनले सवैका चित्रहरु समेटेर बुकलेट निकाल्ने योजना समेत रहेको जनाए । कोरोनाको महामारीबाट जोगाउदै बेलायतस्थित नेपाली बालबालिकालाई रचनात्मक कृया कलापमा सहभागी गराउने तथा कोरोना भाइरसको महामारीको प्रभाव कम गराउने एनआरएनए यूकेको अभियानमा सकृय सहभागी हुन उनले अनरोध  समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री