नेपालमा कोरोना संक्रमित दुईहजार नाघे

काठमाडौँ । पछिल्लो समयमा कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको छ ।

नयाँ संक्रमितमध्ये २७० जना पुरूष र १८ जना महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नयाँ भेटिएका संक्रमितहरुमा रौतहट ३८, स्याङ्जा ५, पर्वत ५, सप्तरी १, बर्दिया ३, बाँके १७, सुर्खेत २७, दैलेख ९ जनामा संक्रमण देखिएको छ । यस्तै, सल्यान १८, अछाम १०, बारा १, दाङ १७, प्युठान १, कन्चनपुर ८, कैलाली १०, धनुषा ६, महोत्तरी २ जनामा संक्रमण भेटिएकाे छ ।

भक्तपुर १, धादिङ १, कपिलवस्तु १६, काठमाडौं ४, नवलपरासी पूर्व १, नवलपरासी पश्चिम १, नुवाकोट २, रुपन्देही १० सहित अहिलेसम्म ७७ वटा जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण भएको छ ।

यसैगरी, कोरोना संक्रमणबाट ४५ जना डिस्चार्ज भएका छन् । मकवानपुर १, गुल्मी १, स्पन्देही १६, कपिलबस्तु ९, सुनसरी १, झापा १७ जना निकाे भएर डिस्चार्ज भएका हुन्  । योसँगै कुल २६६ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ रहेका भने आइसोलेसनमा एक हजार ८२५ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री