काठमाडौँ । कोरोना संक्रमणबाट बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
स्थानीय क्वारेन्टाइनमा बसेकी बालिकाको काेराेना भाइरसका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुढीगङ्गा नगरपालिका–१ घर भएकी उनी आमाबुबासँगै आठ दिनअघि भारतबाट नेपाल प्रवेश गरेकी थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिएको बताइएको छ ।
उनको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
यसैगरी पछिल्लो समयमा गरिएको परीक्षणमा थप १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसरी संक्रमित हुनेमा सप्तरीमा १२, कैलालीमा ३, बाजुरामा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, कपिलवस्तुमा ४, रौतहटमा २९, सर्लाहीमा १० रहेका छन् ।
त्यसैगरी, तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलखमा १८, सल्यानमा २५ रहेका छन् । थप संक्रमितमा १६२ पुरुष र ४ महिला रहेका छन् ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा एक लाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा १ हजार ३४९ रहेका छन् भने २२० जना डिस्चार्ज भएका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते