काठमाडौँ । कोरोना संक्रमणबाट बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
स्थानीय क्वारेन्टाइनमा बसेकी बालिकाको काेराेना भाइरसका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुढीगङ्गा नगरपालिका–१ घर भएकी उनी आमाबुबासँगै आठ दिनअघि भारतबाट नेपाल प्रवेश गरेकी थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिएको बताइएको छ ।
उनको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
यसैगरी पछिल्लो समयमा गरिएको परीक्षणमा थप १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसरी संक्रमित हुनेमा सप्तरीमा १२, कैलालीमा ३, बाजुरामा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, कपिलवस्तुमा ४, रौतहटमा २९, सर्लाहीमा १० रहेका छन् ।
त्यसैगरी, तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलखमा १८, सल्यानमा २५ रहेका छन् । थप संक्रमितमा १६२ पुरुष र ४ महिला रहेका छन् ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा एक लाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा १ हजार ३४९ रहेका छन् भने २२० जना डिस्चार्ज भएका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक