मध्यपूर्व । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा छलफल गरेको छ। शनिवार मध्यपूर्ब द्वारा आयोजित भर्चुअल बैठकमा कतारका लागि महामहिम राजदुत नारद भारद्वज, ओमानका लागि महामहिम राजदूत शर्मिला पराजुली र सांसद गंगालाल तुलाधरसँग एनआएनए अध्यक्ष कुमार पन्तसहितका टिमसँग यहाँका नेपाली श्रमिकहरुको स्वास्थ्यस्थितिका बारेमा छलफल गरिएको हो ।
कार्यक्रममा एनआरएनए अध्यक्ष कुमार पन्तले नेपाल सरकारले छिट्टै नै अलपत्र नेपालीहरुलाई नेपाल फर्काउने कार्य शुरु हुने जानकारी दिए । उनले मध्यपूर्बको एनआरएन टीमले खेलेको भूमिकाको प्रशंसा गरे । प्रबक्ता डिबी क्षेत्रीले नेपालीहरुलाई मनोबैज्ञानीक रुपमा काउन्सिलिङ गर्नु पर्नेमा जोड दिए । उनले एनआरएनएले सामाजिक संजाल मार्फत साताको दुई तीन कार्यक्रम गरी नेपालीहरुको मनोबल उच्च बनाउन परामर्श दिनुपर्ने सुझाब दिए । संघका सचिब राजेन्द्र कुमार शर्माले मध्यपूर्बका नेपालीहरुको जोखिमलाई सरकारले छिट्टै सम्बोधन गर्नु पर्ने जनाए ।
मध्यपूर्ब संयोजक प्रबीण गुरुङले नेपालीहरुको खाडीमा कार्यरत नेपालीहरुको अवस्थाबारे जानकारी गराए । यसैगरी सहसंयोजक मनोज गोर्खालीले मध्यपूर्बमा धेरै नेपालीहरुको शब अलपत्र परेको बारेमा जानकारी गराए । उनले स्वास्थ्य समितिले कोरोना पश्चात पनि निरन्तर रुपमा आफ्नो भूमिका निर्बाह गर्न अनुरोध गरे । साउदी अरबमा रहेकी आईसीसी सदस्य जस्मिन बेगम शैयदले नेपाली महिलाहरुको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
स्वास्थ्य समितिका संयोजक डाक्टर सन्जिब सापकोटा, यूएई एनसीसीका प्रकाश कोईराला, कतार अध्यक्ष मोहम्मद मुक्तदा, साउदी अध्यक्ष तेज बहादुर थापा, ओमान अध्यक्ष सेवन पुर्जा, बहराइन अध्यक्ष लक्ष्मी गिरी, कुवेत अध्यक्ष सुजन केसी र सहसंयोजक राजेन्द्र (जोन) अर्यालले मध्यपूर्बका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा बोलेका थिए ।
त्यसैगरी, मध्यपूर्बमा कार्यरत स्वास्थ्यकर्मीहरुले नेपालीहरुको अवस्थाको बारेमा अनुभबहरु साटेका थिए । मध्यपूर्ब स्वास्थ्य समितिका डा. नितेश आर्यालले अनलाइन काउन्सिलिङ गर्न बिभिन्न योजनाहरु प्रस्तुत गरे । यूएईमा कार्यरत डा. रबिन्द्र यादब, नर्स गंगा खनाल, डाक्टर रोशन पोखरेल, डा. पुरुष श्रेष्ठ, डा. राजेश पौडेल, डा. अनिरुद्द पाठकले आफ्नो आफ्नो धारणा राखे । समितिले बिभिन्न देशमा रहेका दुताबासमा हेल्थ काउन्सिलिङ हट लाइनको ब्यवस्था गरी निशुल्क परामर्श दिनुपर्नेमा जोड दिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]