काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ ।
कोरोना संक्रमणको सातौँ शिकार दैलेखको दुल्लु नगरपालिका वडा न ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा बसेका ३५ वर्षीय युवक बनेका छन् । जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका उनको शनिबार बिहान मृत्यु भएको थियो ।उनमा कोरोना पोजेटिभ देखिएको छ ।
जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनको कोरोना परीक्षणका लागि स्वाब १५ गते नै संकलन गरिएको थियो ।
दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले ती युवकको शव कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको बताए ।
मृतक दुल्लु नगरपालिका वडा न ११ का युवक हुन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते