काठमाडौँ । नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ ।
सरकारले ताेकेको प्राथमिकताको मापदण्डमा श्रम करार अवधि सकिएका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, आफन्तको मृत्यु भई काजक्रियामा बस्नुपर्नेलाई उच्च प्राथमिकतामा रहेका छन् ।
कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले यसरी प्राथमिकताका आधारमा आफ्ना नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले यसअघि नै सो बारेमा निर्णय गरिसकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिताको प्रावधान बनाइ स्वदेश फर्काउने निर्णय गरिएको बताए ।
यसरी स्वदेश फर्कनेहरुलाई नेपाल वायुसेवा निगम वा नेपालका अन्य वायुसेवा निगमबाट उद्धार गरिने जनाइएको छ । सदस्य सचिव विडारीले नेपाल फर्कन चाहने नागरिकको विवरण परराष्ट्र मन्त्रालयले तयार पार्नेछ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धारको व्यवस्था गर्नेछ ।
यसैगरी, भारतबाट आफ्ना नागरिक ल्याउन समितिले पशुपतिनगर, काँकडभित्ता, रानी, ठाडी, माडर, मलङ्गवा, गौर, विरगञ्ज, सुनौली, महेशपुर, बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका तोेकेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते