नेपालमा कोरोनाबाट छैटौँ व्यक्तिको निधन

corona

काठमाडौँ । नेपालमा कोराना सङ्क्रमणबाट छैटौँ व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टी गरेका छन् ।
उनी अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका निवासी ३५ वर्षीय पुरुष रहेको बताइएको छ । भारतबाट जेठ ११ गते नेपाल आएका उनको घर फर्कँदा फर्कँदै मृत्यु भएको थियो । नेपाल प्रवेश गर्दा उनको स्वाबको नमूना लिइएकोमा पोजिटिभ पाइएको हो ।

यसैबीच, पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पाइएको छ ।
यससँगै नेपालमा संक्रमित संख्या १२१२ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, कोरोना संक्रमित १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री