कि त मलाई
त्यो मेरा सुन्दर सपनाहरूको
महल बनाई देऊ,
कि त मेरा सारा इच्छाहरूलाई
फिर्ता गराई देऊ।
मैले तिमीलाई बास दिएँ
गाँस दिएँ
र तिम्रो सुन्दर सपनाहरुलाई
मेरो दिलमा सजाई दिएँ
बदलामा तिरस्कारको उपहार दियौ ।
तिम्रो जीवनको अनगिन्ती घुम्तीहरूमा
उतार-चढावका लडाइँहरुमा
ज्यानको बाजी थापेर
तिम्रै निम्ती योद्धा बनेर
के के मात्र गरिन होला ?
प्रिय !
बचाऊ बचाऊ भन्दै
त्यो सुनसान अन्धकार रातमा
तिम्रो चिच्याई र पुकार सुनेर…
तिम्रै लागि प्रशान्त महासागर
बनेर उर्ली दिएँ।
तर
त्यो खोला पारिको बूढो रूखझैं
सधैं बिरानो नसम्झ
म त तिम्रै छायाॅ बनेर पछ्याई रहेछु
बादल पारिको क्षितिज बनेर
नहेरी देऊ।
बेलायत
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा