नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको स‌ंख्या एक हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक देशका विभिन्न ल्याबहरुमा गरिएको परीक्षणमा १५६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै कूल संक्रमितहरुको संख्या १ हजार ४२ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरुमा ९४० पुरुष र १०२ महिला छन् ।

संक्रमितमध्ये हालसम्म पाँच जनाको मृत्यु भएको छ भने १९० जना उपचारपछि घर फर्केका छन् ।

संक्रमण भेटिएकाहरुमा ४ वर्षदेखि ७० वर्षसम्मका छन्  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री