
काठमाडौँ । नेपाल सरकारले आर्थिक वर्ष २०७७ र ७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन ।
दिउँसो ४ बजे बजेट प्रस्तुत हुने बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई सूचित गरिसकेको छ । दिउँसो ३ः४५ मा बैठक कक्षमा प्रवेश गरिसक्न पनि सचिवालयले आग्रह गरेको छ । सरकारको नयाँ आर्थिक वर्षको आय र व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
सरकारले योपटक कोरोना भाइरस रोग (कोभिड–१९) जोखिमले पारेको बहुपक्षीय असर न्यूनीकरणका लागि बजेट केन्द्रित गर्दैछ । न्यूनतम आर्थिक क्रियाकलापको सञ्चालन र कोरोना महामारीको असरबाट बच्न बजेट केन्द्रित हुने यसअघि नै अर्थमन्त्री डा. खतिवडाले सदनमा जानकारी दिएका छन । रोजगारी सिर्जना, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण तथा सुदृढीकरणलाई मूल प्राथमिकतामा राखेर बजेट तयारी गरिएको छ । रोजगारीका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरूप बदल्ने यसअघि नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको छ ।
प्रिबजेट छलफलका क्रममा सांसदहरूले भने कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित त्यस्ता क्षेत्रमा लगानी बढाउन उहाँहरूको सुझाव छ । बिहीबार सदनमा प्रस्तुत हुने बजेट २६ गतेसम्म पारित गरिसक्ने तयारी संसद् सचिवालयको छ ।
जेठ १८ बाट बजेटको सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ । दुई दिन सैद्धान्तिक छलफल गराउने तयारी छ । लगत्तै प्रचलित कार्यविधिलाई छोट्याएर जेठ २१ वा २२ गतेबाट मन्त्रालयगत छलफल सुरु गर्ने तयारी छ । ढिलामा पनि जेठ २६ गतेसम्म विनियोजन पारित गर्ने तयारी सचिवालयको छ ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने