लण्डन । एनआरएनए यूकेले पब्लिक हेल्थ इंग्ल्याण्डलाई नेपाली भाषामा सूचनाहरु उपलब्ध गराउन आग्रह गर्दै पठाएको पत्रको सकारात्मक जवाफ आएको छ । यस अभियानका संयोजक एवम् उपाध्यक्ष कँडेलले गत २० अप्रिलमा पठाएको पत्रको जवाफ स्वरुप २२ मे मा लेखिएको पत्र बुधबार आइपुगेको हो ।
नेपाली भाषामा सूचना उपलब्ध गराउनका लागि गरिएको एनआरएनए यूकेको आग्रह बारे आवश्यक निर्णय लिन बेलायत सरकारको केन्द्रीय सञ्चार समुह (सेन्ट्रल कम्युनिकेसन टीम) मा पठाइएको जानकारी पब्लिक हेल्थ इंग्ल्याण्डले गराएको छ ।
यससम्बन्धी कुनै पनि निर्णयका विषयमा उक्त समुहबाट एनआरएनए यूकेलाई सिधै खबर गरिने जानकारी दिएको उपाध्यक्ष कंडेलले जनाए । पत्रमा बेलायतको लागि गोर्खाहरुले गरेको योगदानको उच्च प्रशंसा गर्दै उनीहरुको स्वास्थ्य सुरक्षालाई महत्वका साथ लिइने उल्लेख गरिएको छ । बेलायतमा भूतपूर्व गोर्खासहित धेरै नेपालीलाई अंग्रेजी भाषा नबुझेका कारण समस्या भएपछि एनआरएनए यूकेले आवश्यक सूचना नेपालीमै उपलब्ध गराउने पहल थालेको छ । जुन अभियानको संयोजन उपाध्यक्ष नारायण कँडेलले गरिरहेका छन ।
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन