लन्डन । बेलायतबाट नयाँ अनलाइन पत्रिका ग्लोबल नेप्लिज डटकमको प्रकाशन शुरु गरिएको छ।
एलडिसी न्युज सर्भिस लिमिटेडद्वारा प्रकाशन शुरु गरिएको उक्त अनलाइन अंग्रेजी भाषाको साउथ एसिया डटकमको सहप्रकाशनको रुपमा आएको प्रकाशकले जनाएका छन्।
सो अनलाइनको प्रकाशन आरम्भ भएकोमा शुभकामना दिँदै पूर्व राष्ट्रपति डा रामवरण यादवले भने, “सूचना र प्रविधिको विकासका कारण आज पूरै विश्व एउटा ‘ग्लोबल भिलेज’ बन्न पुगेको छ। प्रवासी नेपाली समुदायले आफु कार्यरत मुलुकमा योगदान पुराउनुका साथै नेपालको सामाजिक, आर्थिक विकासमा पनि सहयोग गर्दै आएको छ । चाहे भूकम्पको बेला होस् या कोरोना संक्रमणको बेला, प्रवासमा रहेका नेपालीहरुको सहयोग र सहकार्य प्रशंसनीय छ। प्रवासमा रहेका मिडियाले नेपालीहरुलाइ अरु संगठित पार्न र नेपालको सेवामा समर्पित रहन अरु सघाउने छन् भन्ने मेरो विश्वास छ ।”
बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले ग्लोबल नेप्लिज डटकमलाई तथ्यपरक समाचार र सही सूचना सम्प्रेषण गर्न शुभकामना दिए। उनले बौद्धिक खुराकसमेत प्रदान गरी समाजमा सकारात्मक र रचनात्मक भावनाको विकास एवं नेपाली डायस्पोरामा एकता, सहिष्णुता, समझदारी र सहकार्यको वातावरण सिर्जना गर्ने कार्यमा नयाँ समाचार पोर्टल सफल हुने आफूले विश्वास लिएको पनि बताए।
ग्लोबल पलिसी फोरम फर नेपालका अध्यक्ष प्राध्यापक सूर्य सुवेदीले आफ्नो शुभकामनामा विश्वभरि नै नेपाली समुदायलाई ती समुदायमा भएका तथा नेपालका विभिन्न क्षेत्रमा भएका घटनाहरुको बारेमा जानकारी गराउन एउटा वास्तवमै विश्वव्यापी, वस्तुगत तथा स्वतन्त्र समाचार पोर्टल आवश्यक रहेको बताए। उनले भने, ” मलाई आशा छ यो नयाँ समाचार पोर्टलले स्वतन्त्र र खोजी पत्रकारिताको अभ्यास गर्दै विश्वव्यापी नेपाली समुदाय र नेपालको राम्रोसंग सेवा गर्ने छ। “
यसैगरी नयाँ समाचार पोर्टललाई शुभकामना दिंदै गैर आवासीय नेपाली संघका पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले लंडनलाई कार्यथलो बनाएको नयाँ समाचार पोर्टलले संसारभरि फैलिएका प्रवासी नेपालीहरुका समस्या तथा उपलब्धिहरुलाई मुखरित गर्ने विश्वास व्यक्त गरे। विश्व नै कोरोना महामारीसंग जुधिरहेको यो कठिन बेलामा जन्मभूमि, कर्मभूमि र आफ्नो समुदायको सेवामा जुट्न सबै नेपालीहरुलाई तपाईंहरुको प्रकाशनले प्रेरित गर्न सकोस्,” उनले भने।
आफ्नो शुभकामना संदेशमा गैर आवासीय नेपाली संघ युकेकी अध्यक्ष पूनम गुरुङले बेलायतबाट अर्को नयां समाचार पोर्टल शुरु हुन लागेको थाहा पाउंदा आफूलाई खुसी लागेको बताइन् । बेलायत लगायत संसारभरि फैलिएका नेपाली समुदायका सुखदुख, कथाव्यथा र उपलब्धिहरुलाई अगाडि ल्याउन र दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाल र नेपालीसंग जोड्न यो पोर्टल सफल बनोस् भन्ने शुभकामना पनि उनले दिइन्।
बेलायतबाट प्रकाशित हुंदै आएको अंग्रेजी भाषाको अनलाइन साउथएसिया डटकमको सह-प्रकाशनको रुपमा एलडिसी न्यूज सर्भिस लिमिटेडलेसो अनलाइनको प्रकाशन शुरु गरेको हो।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा