आइतबार, साउन २५ २०७७ | Sun, August 09, 2020
नेपालको समय: ११:४७ | UK Time: 07:02

सांचिएको सपना

रीता डोटेल
२०७७ जेठ १३ गते १६:२३

कोरोना तिमी संसारकै बाधक

बन्नलाई आएको

धेरै त तिम्ले लग्यौ नि अझै छौ

कति मागेको

ब्रह्माण्ड कतै बचेको थिएन मानव पुग्नलाई

तिमी चै कता लुकेर बस्यौ ऐले

नै आउनलाई

दश बर्षे मेरो योजना पनि

पानीमा मिलायौ

संसार सारा ठप्प नै पारी तिमी

पो मौलायौ

टिकट थियो हातमा हाम्रो

कोसेली झोलीमा

माफ गर आमा वेकारै गयो

यसपाली बोलीमा

तिम्रो त्यो साथ र मिठो गांस यो साल

नी पाउदिन

पिढीं मा बसी बाबाको उपदेश सुन्न

नी आउदिन

गाउ त पुरै फेरीयो भन्छन आतुर

छु भेट्नलाई

तिम्रो पिर् अनि बाबाको न्यास्रो हतार

छ मेट्नलाई

स्याङ्जा चापाकोट ( हाल वेलायत)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक