
काठमाडौँ । नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सव आज जूम प्रविधिमार्फत सम्पन्न भएको छ। सो अवसरमा प्रमुख अतिथिका रुपमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको जोखिमका बेला पत्रकारिताको काम सजिलो नभएको उल्लेख गर्दै देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताए । उनले सरकार गम्भीर नभएको आरोप समेत लगाए ।
उनले कोरोनाको महामारीका बेला आफू र आफ्नो पार्टीले शुरु देखि नै नेपालको मिडिया र पत्रकारका हितमा धारणा राखेर सो बारेमा सरकारसँग आग्रह गर्दै आएको उल्लेख गरे । सभापति देउवाले वीरगंज, उदयपुर लगायतका ठाउँमा पत्रकारलाई कोरोना संक्रमण देखिएको बताउँदै देशभरका पत्रकारको निःशुल्क परिक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सरकारसँग माग गरे ।उनले श्रमजीवी पत्रकार बेरोजगार भएको, बिज्ञापन ब्यवसायमा असर पर्दा मिडिया हाउसहरु संकटमा परेको, देशभरिमा कयौं दैनिक र साप्ताहिक पत्रिका बन्द भएको बताउँदै पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्न ब्यवस्थित राहत प्याकेज ल्याउन काँग्रेसले यस अघि नै माग गरिसकेको जानकारी गराए ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई नेपाली कांग्रेसका प्रवक्ता एवम् सूचना तथा संचार र प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्मा, छाँया सरकारका सूचना तथा संचारमन्त्री एवम् नेपाली कांग्रेसका सांसद बहादुरसिङ लामा, नेपाल ट्रेड युनियन कांग्रेसका सभापति पुस्कर आचार्य, नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य, नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष एवम पूर्व सूचना आयुक्त किरण पोख्रेलले समेत सम्बोधन गरेका थिए । नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने भने उपमहासचिव भीष्मराज ओझाले धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै महासचिव अजयबाबु सिवाकोटी, सुनसरीका अध्यक्ष पवन अधिकारी र विदेश शाखाहरुको तर्फबाट नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौलाले समेत आफ्नो मन्तब्य राखेका थिए ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा