एजेन्सी । चीनले भारतमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । भारतमा रहेका विद्यार्थी, पर्यटक, व्यापारीसहित समस्यामा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने निर्णय चीन गरेको हो ।
भारतीय अखबार द इन्डियन एक्सप्रेसको अनलाइन संस्करणका अनुसार भारतस्थित चिनियाँ दूतावासले एक सूचना प्रकाशित गरी स्वदेश फर्किन चाहनेलाई विशेष विमानको टिकट सुनिश्चित गर्न आग्रह गरेको छ । भारत कोरोनाभाइरस सङ्क्रमणको दशौँ सबैभन्दा बढी प्रभावित राष्ट्र बनेपछि चीनले आफ्ना नागरिक फर्काउन लागेको हो । उक्त सूचनामा पछिल्लो १४ दिनमा ज्वरो तथा खोकीको लक्षण भएका बिरामीलाई भने विशेष विमानमा स्थान नपाउने प्रष्ट्याइएको छ ।
यसअघि भारतले चीनबाट आफ्ना ७०० नागरिकलाई गत फेब्रुअरी महिनामा बढ्दो सङ्क्रमणका बीच स्वदेश फर्काएको थियो । चिनियाँ नागरिकलाई स्वदेश फर्काउन भारतको विदेश मन्त्रालय, विभाग तथा चिनियाँ कूटनीतिक नियोगले आवश्यक पहल गर्ने समाचारमा उल्लेख गरिएको छ ।
चीनको वुहान शहरमा पहिलोपटक फेला परेको कोरोनाभाइरस विश्वका १९० राष्ट्रमा फैलिएकाे छ । यसबाट ५४ लाख व्यक्ति सङ्क्रमित भएका छन् । तीन लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते