लिस्बन, (पोर्चुगल )। भारतले कालापानी क्षेत्रमा नेपाली सीमा र भू-भाग अतिक्रमण गरेको बिरोधमा युरोपेलीमुलुक पोर्चुगलका २५ नेपाली संघ-संस्थाका प्रतिनिधिहरुद्वारा हस्ताक्षरित विरोधपत्र सोमबार मे २५ मा लिस्बनस्थित भारतीय राजदुतावासमार्फत भारतका प्रधानमन्त्रीले नरेन्द्र मोदी समक्ष पठाइएको छ । राजधानी लिस्बनको अलमेदा पार्कमा भेला भएका संघ-संस्थाका प्रतिनिधिहरुले नेपालको राष्ट्रिय झण्डा, प्ले कार्ड, नेपाल सरकारले हालै जारी नेपालको राजनैतिक र प्रशासनिक नयाँ नक्सा सहित प्रदर्शन र छोटो कोणसभा गर्दै हुलाक मार्फत विरोधपत्र पठाएका छन् ।
बिरोधपत्रमा गैरआवासीय नेपाली संघ, प्रवासी नेपाली एकता मंच, नेपाली जनसम्पर्क समिति, नेपाली समाज, जनप्रगतिशील मोर्चा, नेपाल आदिवासी जनजाति महासंघ, महिला समाज, नारी समाज, चितवन समाज लगायत पोर्चुगलमा क्रियाशील २५ नेपाली संघ-संस्थाका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ ।
बिरोधपत्र पठाएपछि छोटो प्रतिक्रिया दिदै एनआरएनएन पोर्तुगल अध्यक्ष तिलक गैरेले भने, “नेपालको सीमा रक्षाका खातिर प्रवासमा रहेका सम्पूर्ण नेपालीको पूर्ण ऐक्यवद्धता छ, राजनैतिक, कुटनैतिक सबै माध्यमहरुबाट वार्ता गरेर भारतद्वारा अतिक्रमित नेपालको भू-भाग फिर्ता ल्याउनु पर्छ, पोर्चुगलमा रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरु नेपाल सरकारको साथमा छौं ।” लिस्बन मै भएको छुट्टै एउटा प्रदर्शनमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्चुगलको अगुवाइमा जुझारु नेपाली युवाहरुले नेपालको राष्ट्रिय झण्डा फराउँदै भारतीय अतिक्रमणको कडा रूपमा विरोध गरेका छन ।
बिरोधपत्र


भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते