नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

सोमबार थप ७२ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएका संक्रमितहरुमा काठमाडौँ प्रयोगशालामा ३७, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, राप्ति स्वास्थ्य विज्ञान दाङमा ५, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौँडामा २१, भेरी अस्पतालमा ५ र प्रदेश अस्पताल सुर्खेतमा २ जना छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री