लण्डन । कोरोना भाइरस (कोभिड -१९) संक्रमित अधिकांश नेपालीहरु रोग निको भएर काममा फर्किसकेका छन् । कोरोना भाइरस संक्रमितपछि अस्पताल भर्ना भएर सघर्षपूर्ण जीवनबाट विजय प्राप्त गरी घर फर्किएका नेपालीहरु सामान्य जीवनमा फर्केर दैनिक व्यस्त हुन थालेका हुन् ।केही नेपालीहरु भने रोजगारदाता कम्पनी खुल्ने प्रतीक्षा समेत गरिहेका छन् ।
लन्डन उत्तर पश्चिम ह्यारो बस्ने भगवती रानाभाट, लण्डन साउथ इस्ट उलवीच बस्ने कपुर राणा र गजेन कटुवाल, कर्नवल सेन्ट्रास्टल बस्ने अनिल सेढाई, उनकी श्रीमती मीरा सेढाई र भाइ होमराज सेढाई कोभिड -१९ संक्रमणलाई पराजित गर्दै काममा फर्किसकेका छन् । त्यस्तै, साउथ इस्टकै विनोद न्यौपाने र शेखर वाग्ले पनि सामान्य जीवनमा फर्किसकेका छन् । कोभिड -१९ कै कारण आइतबारसम्म ६४ जना नेपालीहरुको बेलायतमा निधन भएको थियो । उनीहरु सबै उमेर समूहका छन् भने भूतपूर्व गोर्खा परिवार अधिक छन् ।
लण्डन साउथ ह्यारो बस्ने भगवती रानाभाट काममा फर्किएकी छिन् । कोभिड- १९ संक्रमणका कारण घरमै रहेकी रानाभाटलाई अफिसले पनि घरबाटै काम गर्न अनुमति दिएको छ । उनी तीन साताअघि देखि साउथ ह्यारोस्थित घरबाटै एनएचएसको एडमिनको काम गरिरहेकी छिन् । ‘कार्यालयका कर्मचारीमध्ये कोभिड -१९ लागेकाले मलाई सबैले माया गर्नुभयो,’ उनले एनएचएसलाई धन्यवाद दिँदै भनिन्, ‘म त भाग्यमानी रहेछु । घरबाटै काम गर्नु अनुरोध गर्दा साथीहरुले सहयोग गर्नुभयो । अहिले म कार्यालयको काम घरबाटै गरिरहेको छु ।’ रानाभाटलाई श्रीमान डा. मिन रानाभाटले घरमा सघाइरहेका छन् । डा रानाभाटले अहिले पनि सामाजिक दुरी कायम गरिरहेको जानकारी दिए । रानाभाटले हिम्मतका साथ सामाजिक संजालमा कोभिड -१९ सँग सघर्ष गरेको तस्विर सार्वजनिक गरिरहेकी थिइन् । कोरोना भाइरस संक्रमणका बारेमा उनले आफ्नो अनुभव साटेर धेरैलाई जानकारी दिइन् ।
कपुर राणाले पनि गत सातादेखि रेस्टुरेन्टको व्यवसायलाई टेक वेका रुपमा संचालन ल्याएका छन् । ‘अब म सम्पूर्ण रुपमा ठिक भैसकेको छु । व्याक टु नर्मल लाईफमा आइपुगेको छु,’ उनले भने । व्यवसायी राना लण्डन साउथ इस्टको उलवीचमा फ्यूजन रेस्टुरेन्ट संचालन गरिरहेका छन् ।
कर्नवल सेन्ट्र्रास्टलका अनिल सेढाई, उनका श्रीमती मीरा सेढाई र भाइ होमराज सेढाई तीनै जना काममा फर्किएका छन् । गत सातादेखि अनिल सेढाईले बन्द अवस्थामा रहेको नेपलिज गोर्खाको रेष्टुरेन्टमा टेकवे व्यवसाय समेत सुरु गरिसकेका छन् । कोभिड -१९बाट निको भएपनि निरन्तर छाती दुखेको उनले बताए । ‘छातीको समस्या आएपछि मैले अस्पतालमा फोन गरेर डाक्टरसँग समस्याका बारेमा बताए,’ उनले भने, ‘भिडियो कलमार्फत डाक्टरसँग कुराकानी हुँदा चारदिन दैनिक तीनपटक सिटामोल खान सुझाए । त्यो औषधी सेवन गरेपछि मलाई सम्पूर्ण रुपमा निको भएको अनुभव भयो ।’
सेन्ट्र्रास्टलमा विगत ७ वर्षदेखि रेष्टुरेन्ट व्यवसाय गरिरहेका सेढाईले सरकारको निर्देसनअनुसार टेकवे विजनेश मात्र गरेको जनाए । उनले अब परिवारमा कोभिड -१९ को समस्या नरहेको जानकारी पनि दिए । तैपनि सामाजिक दुरी कायम राख्ने र सरसफाईमा भने विशेष ध्यान दिइरहेको बताए । सेढाइले आफूसहित परिवारलाई कोरोना संक्रमण भएको जानकारी संचार माध्यममा दिएर धेरैलाई कोरोनाबाट जोगिन अभिप्रेरित गरेका थिए ।
कोरोना संक्रमबाट निको भई धेरै नेपालीहरु सामान्य जीवन यापनमा व्यस्त हुन थालेका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने