काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गराउन संविधान संशोधनको विधेयक प्रतिनिधिसभामा पेश गर्ने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक प्रतिनिधिसभामा लैजाने निर्णय गरेको बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा.युवराज खतिवडाले बताए ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गरेर नयाँ नक्सालाई कार्यान्वयनमा ल्याएर सम्पूर्ण सरकारी कार्यालयमा औपचारिकता दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी गराए ।
सरकारले जारी गरेको नयाँ नक्सामा अहिले रहेको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश नभएकाले त्यो समावेश गर्न संविधान सशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेश गर्ने निर्णय गरेको हो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार