काठमाडौँ । कोरोना भाइरसको सङक्रमणबाट मृत्यु भएकी महिलाको परिवार डिस्चार्ज भएका छन् ।
धुलिखेल सामुदायिक अस्पतालमा उपचारत उनीहरूको अवस्था सामान्य रहेपछि अस्पतालले शुक्रबार उनीहरुलाई डिस्चार्ज गरेको हो ।
धुलिखेल अस्पतालका प्रशासकीय अधिकृत डा. रमेश माकजूले मृतकको बच्चा, श्रीमान र सासूलाई डिस्चार्ज गरिएको जानकारी दिए । नवजात शिशुमा जण्डिस र राता बिमिरा उठेको भएपनि बाल रोग विशेषज्ञबाट उपचार गराएपछि निको भएको माकजूले बताए ।
महिलाको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पछि पुनः बालकको स्वाब परीक्षण गरिएको र त्यसमा पनि रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको धुलिखेल अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उनीहरुलाई थप एक हप्ता सिन्धुपलाञ्चोक जिल्लाको क्वारेन्टाइनमा राख्नुपर्ने र पुनः आरडीटी परीक्षण गर्नुपर्ने सुझाव दिइएको छ । आरडीटी परीक्षणमा पोजेटिभ देखिए मात्र पीसीआर गरिने अस्पतालले जनाएको छ ।
सिन्धुपलाञ्चोक जिल्लाको बाहृबिसे नगरपालिकाकी महिलाको उपचारका क्रममा जेठ १ गते राति साढे नौ बजे मृत्यु भएको थियो । सुत्केरी महिलाको मृत्युपश्चात कोरोना परीक्षण गर्दा उनीमा कोरोना भाइरसको पोजेटिभ देखिएको थियो । मृत्युपछि परिवारलाई आइसोलेसन वार्डमा राखेर उपचार गराएको थियो भने मृतकको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिकलगायत गार्डलाई समेत क्वारेन्टिनमा राखिएको थियो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक