काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसीं) चीन, दक्षिण कोरिया र मकाउको सहयोग स्वरुप प्राप्त स्वास्थ्य सुरक्षा उपकरण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
२१ मे बिहीबार एनआरएनए एनसीसी चीन, दक्षिण कोरिया र मकाउको सहयोग स्वास्थ्य सुरक्षा सम्बन्धि उपकरणहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । उक्त समारोहमा संघका उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरेका सामग्रीहरु स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका महानिर्देशक महेन्द्र श्रेष्ठ ग्रहण गरेका थिए । प्राप्त सहयोगहरुमा केएन नाइन्टी फाइव मास्क १२००० थान, शु-कभर, २००० थान, चश्मा २००० थान र आइआर थर्मामिटर १९० थान थिए।
समारोहमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका शाखा अधिकृत केदार उप्रेती, गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशक राजेश राणा र सहायक कार्यक्रम अधिकृत कुनाल मिश्राको सहभागीता रहेको थियो।
संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिणकारिया र मकाउ प्रति हार्दिक आभार प्रकट गरे ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते