काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसीं) चीन, दक्षिण कोरिया र मकाउको सहयोग स्वरुप प्राप्त स्वास्थ्य सुरक्षा उपकरण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
२१ मे बिहीबार एनआरएनए एनसीसी चीन, दक्षिण कोरिया र मकाउको सहयोग स्वास्थ्य सुरक्षा सम्बन्धि उपकरणहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । उक्त समारोहमा संघका उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरेका सामग्रीहरु स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका महानिर्देशक महेन्द्र श्रेष्ठ ग्रहण गरेका थिए । प्राप्त सहयोगहरुमा केएन नाइन्टी फाइव मास्क १२००० थान, शु-कभर, २००० थान, चश्मा २००० थान र आइआर थर्मामिटर १९० थान थिए।
समारोहमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका शाखा अधिकृत केदार उप्रेती, गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशक राजेश राणा र सहायक कार्यक्रम अधिकृत कुनाल मिश्राको सहभागीता रहेको थियो।
संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिणकारिया र मकाउ प्रति हार्दिक आभार प्रकट गरे ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार