नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो परीक्षण रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पुष्टि भएको छ । थप सङ्क्रमण पुष्टि भएकामा झापा, धनकुटा र सुनसरी जिल्लाका छन् ।

थप सङ्क्रमित पुष्टि भएकामा झापा कचनकबल गाउँपालिका ३, ६ र ८ निवासी १८ देखि ४६ वर्षसम्मका पुरूषहरू र धनकुटा निवासी ३४ वर्षीय पुरूष, सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला हुनुहन्छ । उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री