नेपालमा संक्रमितको संख्या ४२७

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको कुलसंख्या ४२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई काेभिड -१९ पोजेटिभ देखिएको हो ।

अहिलेसम्म ३८ वटा जिल्लामा सङ्क्रमण देखिएको छ ।

संक्रमितहरु तीन वर्षदेखि ४८ वर्षसम्मका रहेका छन् ।

आज सात महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म ३५ हजार ४९४ पीसीआर परीक्षण र ७५ हजार ७२ आरडीटी परीक्षण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री