काठमाडौँ । चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रष्ट्याएको छ ।
चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा राखेका हुन्।
प्रवक्ता लिजानले भारत र नेपालले मैत्रीपूर्ण सल्लाहका आधारमा कालापानीको समस्या समाधान गर्ने र एकपक्षीय कार्यले अवस्था असहज बनाउने हुनाले त्यसबाट सचेत हुनुपर्ने धारणा राखे । भारतले कालापानीमा सडक निर्माण गरेको र भारतीय सेनाध्यक्ष एम एम नरवणेको तेस्रो पक्षको उक्साहटमा नेपालले कालापानीको मुद्दा उचालेको सन्दर्भमा राखिएको जिज्ञासामा उनले चीनको धारणा प्रष्ट्याएका हुन् ।
भारतले कालापानीमा सडक निर्माण गरेपछि नेपालले कुटनीतिक नोट पठाएर उक्त कदमको विरोध गरेको छ । लगत्तै भारतीय सेनाध्यक्ष नरवणेले नेपालले तेस्रो पक्षको उक्साहटमा कालापानीको मुद्दा उचालेको दाबी गरेका थिए ।
नेपाल सरकारले यसै हप्ता मन्त्रीपरिषद्को बैठकबाट अतिक्रमित भूभाग कालापानीलाई समेटेर नेपालको नक्सा परिमार्जनसहित प्रकाशन गर्ने निर्णय गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते