चीनले भन्यो कालापानी नेपाल-भारत बीचको समस्या

काठमाडौँ । चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रष्ट्याएको छ ।

चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा राखेका हुन्।
प्रवक्ता लिजानले भारत र नेपालले मैत्रीपूर्ण सल्लाहका आधारमा कालापानीको समस्या समाधान गर्ने र एकपक्षीय कार्यले अवस्था असहज बनाउने हुनाले त्यसबाट सचेत हुनुपर्ने धारणा राखे । भारतले कालापानीमा सडक निर्माण गरेको र भारतीय सेनाध्यक्ष एम एम नरवणेको तेस्रो पक्षको उक्साहटमा नेपालले कालापानीको मुद्दा उचालेको सन्दर्भमा राखिएको जिज्ञासामा उनले चीनको धारणा प्रष्ट्याएका हुन् ।
भारतले कालापानीमा सडक निर्माण गरेपछि नेपालले कुटनीतिक नोट पठाएर उक्त कदमको विरोध गरेको छ । लगत्तै भारतीय सेनाध्यक्ष नरवणेले नेपालले तेस्रो पक्षको उक्साहटमा कालापानीको मुद्दा उचालेको दाबी गरेका थिए ।
नेपाल सरकारले यसै हप्ता मन्त्रीपरिषद्को बैठकबाट अतिक्रमित भूभाग कालापानीलाई समेटेर नेपालको नक्सा परिमार्जनसहित प्रकाशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री