एनपिसिसि यूकेद्वारा चेपाङ बस्तीमा सहयोग

 

चितवन । नेपाली जनसम्पर्क समिति यूकेले चितवनको इच्छाकामना गाउँपालीकालाई ३ सय बोरा चामल सहयोग गर्ने भएको छ । जनसम्पर्क समिति सभापति युवराज गुरुङले इच्छाकामना गाउँपालिकाका मजदूर र चेपाङ बस्तीका मानिसहरु लकडाउनको कारण दैनिक छाक टार्न समस्यामा चामल सहयोग गर्न लागेका हुन । उक्त गाउँपालिका र स्थानीयबासी तथा यूके बसोबास गर्दै आएका विनय अधिकारीको आग्रहमा सहयोग गर्न लागिएको गुरुङले जानकारी गराए ।

सभापति गुरुङले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धताबमोजीम गाउँपालीकाको पत्र प्राप्त भएकाले चाडै सहयोग गर्ने जानकारी दिए । सभापति गुरुङले ३ सय बोरा चामाल वरावरको खाद्यान्न सहयोग बताइन्छ । सो सहयोग चाडै वितरण गरिने पनि सभापति गुरुङले जनाए ।

गाउँपालिकाको पत्र  :

प्रतिक्रिया

सम्बन्धित सामाग्री