काठमाडौँ । नेपालमा कोभिड१९ बाट पहिलोपटक मृत्यु भएकी सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको परिवारका सदस्यहरूमा कोरोना नेगेटिभ भेटिएको छ ।
धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा.रमेश माकजूले शिशुसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको बताए । मृतकको १३ दिने शिशु, उनको परिवारका अरु सदस्यहरूको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । २९ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै मृतकको शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको स्वाब सङ्कलन गरिएको थियो ।
उनीहरूको स्वाब सङ्कलन गरेर रिर्पाेट नेगेटिभ आएसँगै कम्तीमा १४ दिन क्वारेनटाइनमा राख्ने विषयमा छलफल भैरहेको छ । उनीहरूलाई काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय तथा सिन्धुपाल्चोक प्रशासनसँग समन्वय गरेर १४ दिने क्वारेनटाइनमा राखिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ।
धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक माकजूले शिशुसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको र धुलिखेल अस्पतालमा मृतक महिलासँग सम्पर्कमा आएका एक जना चिकित्सकसहित चार जना पारामेडिकल कर्मचारीहरूको पाँच दिनपछि मात्रै स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गरिने बताए । उनले पाँच दिनअघि चेकजाँच गर्दा नेगेटिभ आउन सक्ने सम्भावना धेरै हुने भएकाले वास्तविक तथ्य पत्ता लगाउन पाँच दिनपछि मात्रै चेकजाँच गरिने जानकारी दिए ।
काठमाडौँ शिक्षण अस्पतालमा सामान्य डेलिभरी भएपछि वैशाख २५ गते डिस्चार्ज गरिएकी महिलाको उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । सिन्धुपाल्चोकवाट जेठ १ गते धुलिखेल अस्पतालमा ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो । कोरोना सङ्क्रमणको आशङ्का गरिएकाेमा आरडीटी र पीसीआर परीक्षणका रिपोर्ट शनिबार पोजिटिभ आएको थियो । त्यसपछि उहाँको परिवारका सदस्यहरूको पीसीआर परीक्षण गरिएको थियो ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा