कोरोना कहर

एक बन्द कोठामा
सोचाइ आउथ्यो अनेकथरी
समय सजिलो थिएन
बस्नलाई कसैगरी,
हुन्थ्यो असह्य पीडा
थियो मानसिक तनाव पनि
विरक्त हुन्थेँ
सिटामोल खान्थेँ
थिएन अरु केही उपाए पनि ।।
आउँथ्यो फोन शुभचिन्तकहरुको
कस्तो छ त हालखबर भनि
भनुँ मैले कसरी,
बन्द कोठामा बिरामी छु भनी ।
दिनु हुन्थ्यो सल्लाह
साथमा पूजापाठ र प्राथना गरी
गार्‍हो थियो फोनबाट उत्तर पुर्याउनलाई
खानु पर्छ भन्नु हुन्थ्यो,
तातोपानीमा जडिबुटी मिलाइ ।।
पीडाको आवाज
सीमित थियो हामी तीनमा
समस्या उस्तै थियो,
सुनि दिने चौथो कोही थिएन ।।
पासोमा परेको हरिण सरी
ज्यान जोगाइ जंगल फर्किन सकिनँ
बस्तीमा छिर्न मनले मानेन।
सन्सार हल्लिएको थियो
बिरामी हजारौंका संख्या बढिरहेका थिए,
उपचारको आशै थिएन ।
तातो पानी पिउनेबाहेक अरु उपाय भएन
भागेर जाउँ जाने ठाउँ थिएन
भाइरस नभएको देश भएन ।।
पिञ्जरामा बाँधिएको चरी
सुन्थेँ समाचार,
हेर्थेँ मोबाइलमा घरिघरि
आउने गर्थे सोच सकारात्मक
र नकारात्मक बराबरी,
भोलिको बिहानी हुन्छ
कि हुँदैन मेरो लागि भनी,
दुनियाँ बेहाल भइरहेछ
बढ्दो थिए मर्नेको संख्या पनि
लाग्ने गर्थ्यो डर मलाई
कतै पालो मेरै आउने पो हो  कि भनी ।।
तर म आत्मबल बढाउँथे
भन्थे केही हुँदैन हामीलाई
बस्थ्यौँ हामी एकआपसमा
हौसला बढाई।।
हौसला बढाई।।
बेलायत 

प्रतिक्रिया

सम्बन्धित सामाग्री