अनलाइन हस्ताक्षर संकलन गरेर भारतीय मिचाहा प्रवृति र नयाँ मार्गको बिरुद्ध पिटिशन गर्न यो प्रयास गरिएको हो । हस्ताक्षर तत्काल नै सुरु भएको र ३१ मे २०२० सम्म जम्मा भएका हस्ताक्षर १ जुन २०२० मा सम्पूर्ण भारतीय दूतावास, मिशन र संबन्धित निकायमा बुझाइने छ । ति बुझाइएका प्रतिहरु संघको अन्तराष्ट्रिय परिषदमा रेकर्डको लागि पठाउनु पर्नेछ ।
हस्ताक्षर संकलनको लागि सम्पूर्ण राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदले पहल गर्नेछन् । संकलित सम्पूर्ण प्रतिहरुलाई अन्तराष्ट्रिय परिषदले ५ जुन २०२० मा भारतीय राजदूतावास काठमाण्डौ, नेपाल सरकार गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत बुझाउने छ ।
हस्ताक्षरको लागि तलको लिंकमा क्लिक गर्दै हस्ताक्षर समेत गर्न संघका अध्यक्ष कुमार पन्तले अनुरोध गर्नुभएको छ ।