नेपालमा कोरोना संक्रमित २५८ जना

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार शुक्रबार थप ९ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, टेकु र भेरी अस्पतालमा गरिएकाे परीक्षणबाट साे पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

थप पुष्टि भएकामा मकवानपुरमा एक र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँकै नरैनापुरा १, ३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री