काठमाडौँ ।अन्य देशमा पाको उमेरका मानिसमा कोरोना संक्रमण ज्यादा देखिए पनि नेपालमा हालसम्म देखिएको संक्रमण भने २० देखि ५० वर्ष उमेर समूहमा बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० देखि ५० वर्ष समूहकमा अत्यधिक संक्रमित रहेकका छन् ।
यद्यपि संक्रमण सबै उमेर समूहलाई हुने सक्ने भएकाले सावधानी अपनाउन मन्त्रालयका प्रवक्त डा विकास देवकोटाले सबैलाई आग्रह गरे ।
प्रवक्ता डा. देवकोटाले हालसम्म पीसीआरबाट २२ हजार ६६४ र आरडीटीबाट ६२ हजार ३२७ जनाको कोरोना परीक्षण भएको जानकारी दिए । उनका अनुसार पीसीआरमार्फत बिहीबार मात्र एक हजार ३६३ जना र आरडीटीबाट दुईहजार आठ परीक्षण भएका छन् ।
यसैगरी अहिले क्वारेन्टाईनमा १५ हजार ६०० जना बसिरहेको उनले बताए भने काठमाडौंँमा छ र बाहिर २६६ जना गरी देशभर २७२ जना आइसोलेसनमा रहेको उल्लेख गरे ।
उनले हालसम्म कर्णाली बाहेक अरु छवटा प्रदेशका २२ जिल्लामा सङ्क्रमण देखिसकेको जानकारी दिए । सङ्क्रमितमध्ये पर्सा जिल्लामा ८५, कपिलवस्तुमा ३९, उदयपुर ३२, रुपन्देहीमा २८, बाँकेमा २५, काठमाडौँ ६, कैलाली ४, रौतहट ३, बारा ३, बाग्लुङ, चितवन, महोत्तरी, भक्तपुर, धनुषा, नवलपरासी, झापा, र सर्लाहीमा दुई दुई जना, सप्तरी, भोजपुर, कञ्चनपुर, धादिङ र बर्दियामा एक एकजना गरी कुल २४६ पुगेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते