काठमाडौँ । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीको स्वदेश फिर्ता गर्न थप परामर्श थालेको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मङ्गलबार खाडी तथा अफ्रिकी मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग त्यस बारेमा भर्चुअल परामर्श गरेका छन् ।
उनले विभिन्न मुलुकबाट नेपालका नागरिक फिर्ता ल्याउनुपर्ने अवस्था छ, कसरी कुन प्रक्रियाले फिर्ता ल्याउन सकिन्छ पहल सुरु गर्नुहोस् भनी त्यस क्षेत्रका राजदूत तथा नियोग प्रमुखलाई निर्देशन दिएका थिए ।
परराष्ट्र मन्त्री ज्ञवालीले त्यहाँको सरकारसँग नजिक रहेर थप प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिए । त्यस्तै कोभिड–१९ को महामारीका कारण विभिन्न समस्यामा परेका नेपालीको समस्या समाधानका लागि प्रयत्न गर्न पनि उनले आग्रह गरे ।
अन्य देशमा नियमित रोजगारीको समय सकिएर फर्कने अवस्थाका, वार्षिक बिदाको अनुमति लिइसकेका, बिरामी परेका र आफन्त भेट्न गएका परिवारका सदस्य लगायतका नेपालीलाई कसरी फर्काउने भन्ने विषयमा मन्त्री ज्ञवालीले राजदूतसँग परामर्श गरेको मन्त्रालयस्थित मध्यपूर्व तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले जानकारी दिए ।
साउदी अरब, कतार, कुवेत, यूएइ, बहराइन ओमान लगायतका देशमा नेपालीको वास्तविक अवस्थाको यकिन तथ्यसहित मन्त्रालयलाई बुझाउन पनि मन्त्री ज्ञवालीले अनुरोध गरेका दिए । हाल आइरहेको तथ्याङ्क गैरआवासीय नेपाली सङ्घले दिने तुलनामा निकै कम आइरहेकाले मन्त्री ज्ञवालीले सचेत गराए ।
‘भर्चुअल’ अन्तक्रियामा राजदूतहरु शर्मिला पराजुली, डा. अञ्जान शाक्य, झविन्द्र अर्याल, कृष्णप्रसाद ढकाल, नारद भारद्वाज, पदम सुन्दास, महेन्द्रप्रसाद सिंह, उदयराज पाण्डे, गोमा भण्डारी र जेद्दाहका कार्यवाहक महावाणिज्य दूत रेवतीरमण पौडेल सहभागी थिए ।
मन्त्रालयबाट मन्त्री ज्ञवालीसहित परराष्ट्र सचिव शङ्करदास बैरागी तथा विभिन्न देश हेर्ने महाशाखा प्रमुख सहभागी थिए ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ