शुक्रबार, असार १९ २०७७ | Fri, July 03, 2020
नेपालको समय: ०४:५० | UK Time: 00:05

प्लमस्टिडबाट हराएकी धनमायाको शव फेला

वीनेपाली
२०७७ वैशाख ३० गते ९:०९

लण्डन। आइतबार दिउँसोदेखि दक्षिण पूर्वी लण्डनको प्लमस्टिडबाट वाकिङमा निस्किँदा हराएकी धनमाया थापामगरको शव फेला परेको छ ।

प्लमस्टिड कमनको झाडीमा सोमबार बेलुकी भेटिएको प्रहरीले जानकारी दिएको पारिवारिक स्रोतलाई उल्लेख गर्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)की कोषाध्यक्ष तथा ग्रीनीच एक्स गोरखा एसाेसिएसन (जीगेसा) की सल्लाहकार देवीमाया पुनले जानकारी दिइन् ।

घटनास्थलमा प्रहरीले कसैलाई जान दिएको छैन । उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन ।

पाल्पा स्थायी घर भएकी ६५ वर्षीया धनमाया लण्डनमा श्रीमान र छोरा, बुहारीका साथ बस्दै आएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक