लन्डन । गैरआवासिय नेपाली संघ (एनआरएनए) यूकेले कोरोना भाईरस (कोभिड -१९) को कारण बेलायतबाट नेपाल जान बन्चित भएका नेपालीहरुको नामावली संकलन कार्य शुरु गरेको छ। कोरोना भाईरस (कोभिड -१९)ले बेलायतमा लकडाउनमा परेका बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुको नामावली संकलन गर्न एनआरएनए यूके लागेको हो ।
बेलायत सरकार र नेपाल सरकारले हवाईजहाज सुचारु गर्ने वित्तिकै बेलायतमा फर्किने नेपालीहरुको लागत संकलनको जिम्मा उपाध्यक्ष रामचन्द्र पोखरेललाई दिइएको छ ।जिम्मेवारी पाउने वित्तिकै उपाध्यक्ष पोखरेलले संयक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावाससँग समन्वय गरी तथ्यांक संकलनमा लागेको बताए ।
उनका अनुसार बेलायतमा भ्रमणमा आएका, बिद्यार्थीहरु र लकडाउन खुल्ने वित्तिकै नेपाल जान चाहनेको नामावली संकलन गरि नेपाल सरकार, राजदूतावास, ट्राभल एजेन्सी, एयर लाईन्स एवं अन्य सरोकार वालाहरु संग समन्वय गरिनेछ । यो कार्यलाई सहयोग पुर्याउने गरी नेपाल फर्काउ अभियान नाम दिइएको छ । नेपाल फर्काउ अभियान संयोजकमा उपाध्यक्ष राम चन्द्र पोखरेल छन । नेपाल जान चाहनेले आ आफ्नो नामावली निम्न फाराम मार्फत गैर आवासिय नेपाली संघ बेलायतलाई उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।
तलको लिंकमा गएर फारम भर्न सकिनेछ ।
https://forms.office.com/Pages/ResponsePage.aspx?id=FM9wg_MWFky4PHJAcWVDViQOek2iu4ZNkjGV2ytG4y1UMjhTVlNSM0MzRTJITkhWS0RPRTlJWVZJMi4u&fbclid=IwAR2K23FDj2vGdM8OXqqUNpK4ns_TMRNOZcMjRr1kQugRQ4qI99522gN2-zA
एनआरएनए यूकेले कोरोना भाईरस (कोभिड-१९) बाट प्रभावितहरुलाई विभिन्न माध्यमबाट राहत एवं अन्य सहयोग गरिरहेको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा