काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङको सहयोगबाट प्राप्त स्वास्थ्य सुरक्षा उपकरण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
१० मे आइतबार एनसिसि हङकङबाट सहयोग स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरणहरु आइआर थर्मामिटर ५० थान र केएन नाइन्टी फाइव मास्क ४ हजार थान नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो।
संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका निर्देश भोगेन्द्र राज डोटेललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठको पनि सहभागीता थियो । संघका उपाध्यक्ष लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा हङकङलाई धन्यवाद दिए ।