एजेन्सी । समान्यतया कोरोना भाइरस संक्रमितहरु १४ दिनमा निको भई घर फर्किदै आएका छन् तर चीनमा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण ४९ औं दिनसम्म रहेको पाइएको छ ।
ती व्यक्ति संक्रमितको सम्पर्कमा आएको १७ औं दिनमा पहिलोपटक परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ पाइएको थियो । त्यसपछि क्रमश २२, २६, ३०, ३४, ३९, ४३ र ४९ औं दिनमा परीक्षण गर्दा समेत पोजिटिभ देखियो । ४७ औं दिनको परीक्षणमा भने नेगेटिभ देखियो ।
संक्रमित भएको २० औं दिनमा कोरोना भाइरसबाट मुक्त हुँदै आएको भनिए पनि कतिपयमा सोको दोब्बर समयमा पनि संक्रमण कायम नै रहेको पाइएको नेचुरल न्युजले आफ्नो अनलाइन संस्करणमा जनाएको छ ।
यसअघि कोरोनाभाइरसबाट सबैभन्दा लामो संक्रमण अवधि ३७ दिन रहेको थियो ।
समाचारमा उल्लेख गरिएअनुसार संक्रमितमा हल्का लक्षण मात्रै देखा पर्यो । फोक्सोमा देखा परेको संक्रमण अस्पताल पुग्दापुग्दै हराउन गयो ।
डालेनको चोङकिङस्थित आर्मी मेडिकल विश्वविद्यालय र वुहानस्थित पीएलए केन्द्रीय थिएटर कमाण्डका अनुसन्धानकर्ताले संक्रमित व्यक्तिमा कोरोना भाइरसले पाहुना भाइरससँग सहजीवी सम्बन्ध (सिम्बायोटिक रिलेशन) बनाएको हुनसक्ने तर्क गरेका छन् । यस्तो सम्बन्धमा दुवै एक अर्काको उपस्थितिले फाइदाजनक अवस्थामा पुग्छन् ।
यी तथ्यहरुले वुहानमा उत्पत्ति भएको कोरोनाभाइरसको नयाँ सह प्रकार खुलेको तर्क गरिएको छ । यस प्रकारको संक्रमण छिट्टै सर्ने नदेखिए पनि उन्मूलन हुन समय लाग्ने जनाइएको छ ।
स्वास्थ्य अवस्था कमजोर हुने बिरामीमा यस प्रकारको संक्रमण फैलिए उपचारको आवश्यकता समेत देखिने छैन् । किनभने यस्तो संक्रमितमा लक्षण सहजै देखिन्न । यद्दपि उसले संक्रमण सारेको हुनसक्छ । जसले नयाँ प्रकारको प्रकोपको सृजना गर्नेछन् ।
यस्तो संक्रमण विश्वका अन्य भागमा पुगे नपुगेको अझै स्पष्ट भइसकेको छैन् । तर हल्का लक्षण देखिने वा लक्षण नै नदेखिएको बिरामीको तथ्याङ्क भने विश्वब्यापी रुपमा नै संकलन गरिँदैछ । भारतमा करिब ५० प्रतिशत बिरामीमा त सामान्य लक्षण समेत नदेखिएको भारतीय सञ्चारमाध्यमहरुले स्वास्थ्य अधिकारी र अनुसन्धानकर्ताहरुलाई उद्धृत गर्दै उल्लेख गर्दै आएका छन् । नेपालमा समेत यात्रा वृत्तान्तको आधारमा ४० दिनपछि समेत संक्रमणको पुष्टि भएको फेला परेको छ । यस प्रकारको संक्रमणबाट जोगिन संक्रमणबाट मुक्त भएका व्यक्तिको रगत आवश्यक हुने औंल्याइएको छ ।
व्यक्तिमा नौ पटक परीक्षण गरिएकोमा आठ पटक संक्रमणको पुष्टि भएको थियो । चिनियाँ अनुसन्धानकर्ताका अनुसार लामो समयसम्म संक्रमण रहने बिरामीले सारेको भाइरसको प्रकृत्ति र बिरामीको स्वास्थ्य अवस्था अझै जटिल हुनेछ । यद्दपी यसप्रकारको भाइरसको सार्न सक्ने क्षमता अझै स्पष्ट भइसकेको छैन् ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती