काठमाडौं, (जीएनएन) – काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बुद्ध जयन्ति (वैशाख पूर्णिमा) लाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन आह्वान गरेका छन्।
बुद्ध जयन्तिको अवसरमा ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुराकानी गर्दै स्वामी अरुणले भने, “आजको युगमा मानसिक समस्याहरु यति बढेका छन्, अधिकांश व्यक्तिले यसको आवश्यकता महसूस गरेका छन् । आजको युगमा ध्यान अपरिहार्य भै सकेको छ, त्यसैले मैले यो प्रस्ताव राखेको हुं ।”
स्वामी अरुणले नेपाल सरकारलाई थाइल्याण्ड, श्रीलंका, म्यानमारजस्ता बौद्ध धर्मावलम्वी मुलुकहरुसंग सहकार्य गरी यो प्रस्ताव राष्ट्र संघमा लग्न पनि सुझाव दिए । “हामीले ढिलो गर्यौं भने अर्को मुलुकले यस्तो प्रस्ताव लिएर जान सक्छ” उनले भने ।
स्वामी अरुणले एसियाली मुलुकहरुलाई आर्थिक र धार्मिक रुपमा एकताबद्ध गर्न “एसियाली संघ वा एसियन युनियनको अवधारणामा जान सुझाव पनि दिए । काश्मिरको समस्या होस् वा रोहिंगीया मुसलमान, ती समस्या समाधान गर्न एसियन युनियनमा जानुको विकल्प छैन । मानिस मरेर गए पनि विचार मर्दैन, त्यसैले ढिलो चांडो एसियाली युनियनको धारणाले मूर्तरूप पाउनेमा म विश्वस्त छु,” उनले भने ।
कोरोना संकटले अहिले मानव जाति माथि नै चुनौती उत्पन्न गरिरहेको बेला स्वस्थ शरीरका लागि योग र स्वस्थ मनका लागि ध्यान आवश्यक छ भन्दै स्वामी अरुणले सबैलाई दैनिक २० मिनेट योग, २० मिनेट प्राणायाम तथा २० मिनेट ध्यान गर्न आग्रह गरे। उनले नेपालमा आध्यात्मिक पर्यटनको प्रचुर संभावना रहेको बताउँदै ध्यान र योग सिक्न ओशो तपोवनमा वर्षेनी ८० भन्दा बढी मुलुकका मानिसहरु आइरहेको जानकारी पनि दिए।
गत वर्ष वाशिङटन डिसीमा संयुक्त राज्य अमेरिकाकालागि नेपाली राजदूत डा. अर्जुन कार्कीद्वारा आयोजित एक समारोहमा बोल्दै स्वामी अरुणले योग र ध्यानको सन्देश लिएर आफुले संसारभरि भ्रमण गरिरहेको बताएका थिए ।
उनले भगवान बुद्धको जन्मस्थल नेपालले बैशाख पूर्णिमालाई बुद्ध जयन्तीको रुपमा मनाउन संयुक्त राष्ट्र संघमा एक प्रस्तावको रुपमा लैजान ढीला गर्न नहुने बताए । कार्यक्रममा उपस्थित अमेरिकाकालागि श्रीलङ्का तथा म्यानमारका राजदूतहरुले नेपाल सरकारले राष्ट्रसंघमा त्यस्तो प्रस्ताव ल्याएमा आफ्नो मुलुकको तर्फबाट पूर्ण समर्थन हुने बताएका थिए ।
स्वामी आनन्द अरुणसंग ओशो तपोवनमा गरिएको कुराकानीको भिडियो:
https://www.youtube.com/watch?v=KTrMCAvKPxI&feature=share&fbclid=IwAR0_zGRywGhYlkT-EinbFzaEE77xjlRG8xS7A5MOIzXfwbLGySzkD9UFPUI
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते