काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्न बुद्धजयन्तीले थप प्रेरित गरिरहेको समेत उल्लेख गर्नुभएको छ ।
आज २५६४औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको पनि बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको जनाउँदै उहाँले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतमबुद्धप्रति सम्मानसमेत व्यक्त गर्नुभएको छ ।
सिङ्गो विश्व कोरोना भाइरसको सङ्क्रमण र महामारीबाट प्रभावित नभएको भए अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको भव्य आयोजना गरिरहेका हुने थियो भन्दै प्रधानमन्त्री ओलीले त्यस अवसर र सफलताबाट हामी बञ्चित हुनुपरेको उल्लेख गर्नुभएको छ । “गत साल भियतनामको हनोइबाट यसको घोषणा गरेबमोजिम अन्तर्राष्ट्रिय वैशाख दिवसको तयारीमा लागिरहेका हुनेथियौँ । नेपाल भ्रमण वर्ष २०२० को एउटा महत्वपूर्ण कार्यक्रमका रूपमा लुम्बिनी चहलपहलमय हुने थियो”, उहाँले सन्देशमा भन्नुभएको छ, “भैरहवाको नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा कतिपय चार्टर्ड फ्लाइट अवतरण भइरहेका हुने थिए । बुद्धजयन्तीसँगै आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमले विश्व समुदायमाझ लुम्बिनी र नेपालको विशेष ध्यान खिचिएको अवस्था हुने थियो ।”
प्रधानमन्त्री ओलीले सरकारले चालेको प्रभावकारी कदम र सम्बद्ध सबैको रचनात्मक सहयोगका कारण कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म नेपालमा कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पार्नुभएको छ । “यो हामी सबैका लागि सन्तोषको कुरा हो । यस महामारीबाट विश्वभरि ज्यान गुमाउने सबैप्रति म, भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्छु । साथै सङ्क्रमित सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्छु”, उहाँले सन्देशमा भन्नुभएको छ, “विश्वव्यापी साझा प्रयास र एकताको बलमा यस महामारीलाई परास्त गरी मानव समुदायको जीवनरक्षा गर्न सफल हुनेमा म विश्वस्त छु ।”
आज साँझ दीप प्रज्वलन प्रधानमन्त्री ओलीले आज कोरोना महामारीमा जीवन गुमाउनेहरुको स्मृतिमा र सङ्क्रमितको स्वास्थ्यलाभको कामना गर्दै सबैलाई आज साँझ दीप प्रज्वलन गर्न आह्वान गर्नुभएको छ । सन्देशमा उहाँले कोरोना महामारीमा जीवन गुमाउनेहरुको स्मृतिमा, लकडाउनका कारण मानसिक तनावमा परेकाहरुमा शान्तिका लागि र सङ्क्रमितहरुको स्वास्थ्यलाभ तथा उनीहरुको उपचार र हेरचाहमा संलग्न रहेका अग्रपङ्क्तिका योद्धाहरुप्रति ऐक्यबद्धता जाहेर गर्न दीप प्रज्जवलन गर्नसमेत सबैमा आह्वान गर्नुभएको छ ।
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय