शुक्रबार, साउन २३ २०७७ | Fri, August 07, 2020
नेपालको समय: १४:२७ | UK Time: 09:42

एनआरएनएले दोश्रो चरणको सहयोग ५ देशमा पठाउने

वीनेपाली
२०७७ वैशाख २४ गते १६:१३

nrn banar
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित पाँच मुलुकका नेपाली समुदायलाई सहयोग गर्ने भएको छ ।

दोस्रोचरण अन्तर्गत एनआरएनएले राहत कोषमा जम्मा भएको रकमबाट सहयोगस्वरुप ५ वटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई रकम पठाई सहयोग गर्ने निर्णय गरेको हो ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार दोश्रो चरणमा ५ वटा एनसीसी समेटिएका छन् । अन्य कोरोना प्रभावित क्षेत्रमा क्रमश सहयोग गर्दै जाने नीति एनआरएनएले लिएको छ । दोसो चरणमा सहयोग पाउने एनसीसीहरुमा बहराईनलाई ५ हजार डलर, स्पेनलाई  ५ हजार डलर, पोर्चुगललाई ५ हजार डलर, ईटलीलाई ४ हजार र माल्टालाई ३ हजार डलर छ ।

यसअघि एनआरएनएले पहिलो चरणमा कुवेतलाई ५ हजार डलर, युएईलाई ५ हजार डलर, साउदी अरबलाई ५ डलर, साईप्रसलाई ३ हजार गरी जम्मा ४० हजार डलर सहयोग गरेको थियो ।

संघको कोभिड -१९ राहत कोषमा अनलाइनमार्फत आफूले सकेको रकम सहयोग गर्न सकिनेछ । https://nrna.respectinc.net

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक