मरिमेट्थ्यौ बाबा तिमी सन्तान पढाउन
धेरै पढाइ ज्ञानी अनि सक्षम बनाउन
तिम्रै सपना पछ्याउँदै ज्ञान हासिल गरे
जागिर गर्छे छोरी भनी ठाडो शीर पारे
तर आज तिमी पनि डग्मगायौ अरे
काम छोड छोरी भनि भनिराख्छौ हरे
दाइ, दिदी, भाइ, बैनी सबै कराउँछन्
मेरा लागि आत्तिएको भनि सुनाउँछन्
कर्तव्य नै ठूलो भनि अर्ति दिन्थ्यौ पैले
त्यसैबाट टाढा भाग्न जोड दिन्छौ ऐले
तिम्ले देको संस्कारलाई पछ्याउँदै त छु म
अप्ठेरोमा छोडेर तिन्लाई भागूँ कसरी भन
छोरी तिम्री छैन कमजोर चिन्ता धेरै नमान
फर्किनेछु अवश्य एकदिन बस गनेर दिन
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न