काठमाडौं । सरकारले हालसम्म मुलुकभर पिसिआर र रयापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर विधिबाट १३ हजार ८५० र आरडिटी विधिबाट ५२ हजार २२७ नमूना परीक्षण गरिएको जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा एक हजार ५८२ वटा नमूना परीक्षण गरिएको छ । मुलुकभरका विभिन्न १८ स्थानबाट पिसिआर विधिबाट परीक्षण भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रदेश नं १ मा छ हजार १२२, प्रदेश नं २ मा पाँच हजार ७७५, वागमती प्रदेशमा आठ हजार ९४०, गण्डकी प्रदेशमा छ हजार ७४, प्रदेश नं ५ मा पाँच हजार १९३, कर्णाली प्रदेशमा पाँच हजार ८७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २४४ वटा नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
देशभर कुल सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । जसमध्ये पुरुष ६२ र महिला २१ छन् । प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जनामा सङ्क्रमण देखिएको छ । रुपन्देहीमा एक, नेपालगन्जमा २३, कैलालीमा एक, चितवनमा एक, पर्सामा नौ र मोरङमा ३१ जना गरी जम्मा ६६ जनाको उपचार भइरहेको छ ।
सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । आइसोलेसनमा रहेका सम्भावित सङ्क्रमितको सङ्ख्या १२० रहेको छ । काठमाडौँ उपत्यकामा २ र उपत्यका बाहिर ११८ जना आइसोलेसनमा छन् ।
मुलुकभर क्वारेन्टिनमा बस्नेको सङ्ख्या २१ हजार ९९ पुगेको छ । प्रदेश नं १ मा दुई हजार १२४, प्रदेश नं २ मा एक हजार २९०, वागमती प्रदेशमा २५८, गण्डकी प्रदेशमा ७२६, प्रदेश नं ५ मा आठ हजार ९२२, कर्णाली प्रदेशमा तीन हजार ७५४ र सुदूरपश्चिम प्रदेशमा चार हजार २५ जना क्वारेन्टिनमा बसेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो