काठमाडौँ । भेरी अस्पतालमा भएको पछिल्लो कोरोना परिक्षणमा थप सात जनामा कोरोना भेटिएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
पछिल्लो परीक्षणमा संक्रमण पुष्टि भएकामा नेपालगञ्ज वडा ८ निवासी २२, ३०,४० वर्षका तीन पुरूष हुनुहुन्छ भने ०९, ३२, ३४,५५ वर्षका महिला रहेको र उहाँहरूको स्वास्थ्य अवस्था सामान्य हुनुका साथै उहाँहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेको विज्ञप्तिमा उल्लेख छ ।