काठमाडौं । सरकारले हालसम्म ६० हजार ३७४ जनामा कोभिड–१९ को परीक्षण गरेको छ । आजसम्म १२ हजार ५७७ को (पिसिआर) विधिबाट र ४७ हजार सात सय ९७ जनाको (आरडिटी) विधिबाट परीक्षण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म २४ हजार ९०७ क्वारेन्टाइनमा रहेका र ९४ जना आइसोलेसनमा रहेका जानकारी दिनुभयो । आइसोलेसनमा रहेकामध्ये काठमाडौँ उपत्यकामा पाँच जना रहेका छन् भने अन्य बाहिरका रहेका जानकारी गराइएको छ ।
गत २४ घण्टामा थप एक हजार ४४७ वटा परीक्षण गरिएको छ । आज कोरोना सङ्क्रमित पुष्टि भएका दुईसँगै हालसम्म नेपालमा ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी उपचाररत छन् । आज सङ्क्रमण भएका दुवै जना पुरुषलाई उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ वर्षीर्य र बाँकेको नेपालगञ्जका ६० वर्षीयमा सङ्क्रमण देखिएको हो । हालसम्म सङ्क्रमितमध्ये ४९ पुरुष छन् भने १० महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । त्यसैगरी रेडजोनमा ३१५ रहेका र तीनको स्वास्थ्यकर्मीमार्फत सम्बोधन भइरहेको छ । कोरोना भाइरसबारे जानकारी लिनका लागि स्वमूल्याङ्कन फारम हालसम्म २९ हजार ३८४ ले भरेका छन् ।
पछिल्लो सयम केही स्थानमा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु नभएको गुनासो प्राप्त भएको भन्दै अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित सबै अस्पताललाई पुनः आग्रह गरिएको छ । आगामी दिनमा पनि बिरामीले सेवा नपाएको गुनासो आए मन्त्रालयले अनुगमन गरी कारवाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले खोपजन्य सामग्री कम्तीमा तीन महिनासम्मलाई पुग्ने हुंदा विभिन्न जिल्लामा स्थानीय तहसँग समन्वय गरेर नियमितरुपमा खोप अभियान सञ्चालन गर्न आग्रह गरिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा