मगर संघ युकेले कोरोना प्रभावित आफ्ना सदस्यहरुलाई निरन्तर सहयोग गर्ने

लण्डन । मगर संघ युकेले कोरोना भाइरसका कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई सहयोग गर्न तीन चरणको कार्यक्रम बनाएको छ ।
संघका अध्यक्ष सुनिल रानाले पहिलो चरणमा युकेमा तत्काल सहायता चाहिएका सदस्यहरुलाई आर्थिक तथा स्वयंसेवक पठाइ सहयोग गरिँदै आएको जानकारी दिए । बेलायतमा अध्ययन तथा परीक्षाका लागि आई रोकिएकालाई आर्थिक सहयोग र परामर्श दिइएको, किनमेल गर्न नसक्ने वा किनमेल गरिएको सामान ढुवानी गर्न समस्या भएकाहरुलाई भौतिक सहयोग गरिएको उनले बताएका छन् । यस्तै, नेपालमा बन्दाबन्दीका कारण खानै नपाउने अवस्था नहोस् भनेर तत्काल १ लाख रुपियाँ सहयोग गरिएको उनले थपे ।
दोस्रो चरणमा लकडाउन सकिएपछि पनि आफ्ना सदस्यहरुलाई आइपरेका समस्याहरुमा सहयोग जारी राखिने उनले प्रष्ट पारे । तेस्रो चरणमा संघले भविष्यमा आउनसक्ने यस्ता महामारीमा तत्काल सहयोग गर्न आपतकालिन कोष खडा गर्ने योजना उनले सुनाए ।
संघले स्वयंसेवकहरुलाई क्षेत्रगतरुपमा संयोजन गर्न केन्द्रीय मगर युवा संघ युकेमार्फत ८ जना युवालाई तोकेको छ । संघका अध्यक्ष किशोर राना, यमुना आले, दीपक थापा माइथाने, दिनेश रोका, गुमानसिंह थापा, विकास राना, नूतन श्रीश र यादव गाहा मगरलाई संघले सम्पर्क व्यक्ति तोकेको छ ।
उनीहरुलाई स्वयंसेवक पठाएर वा चन्दा दिएर सहयोग गर्न संघले संघका १२ वटा शाखाहरुलाई अनुरोध गरेको छ ।

सम्पर्क व्यक्तिहरु

किशोर राना संयोजक 074 1192 9705

यमुना आले 077 8347 9466

दीपक थापा माइथाने 074 1177 4082

दिनेश रोका 074 1139 6773

गुमानसिंह थापा 075 7631 9646

विकास राना 075 7612 2431

नूतन श्रीश 078 8188 8235

यादव गाहा मगर 075 4378 9733

मगर युवालाई सहयोग गर्न यहाँ क्लीक गर्नुहोस्

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री